FAQs Complain Problems

मुख्य समाचार:

संक्षिप्त परिचय

सुदूरपश्चिम प्रदेश को डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१-८-१६ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको  वरपरका २ गाउँ विकास समितिहरु (जोगबुडा र शिर्ष ) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो ।

यस नगरपालिकाको कुल क्षेत्रफल ४१४.0७ बर्ग कि.मि रहेको छ र कूल जनसंख्या ४३९४२ जनघनत्व (२०६८ को जनगणना अनुरुप) रहेको छ । यस न.पा को केन्द्र लालढुगां जोगबुडामा रहेको छ ।

 जिल्लाको प्राशासनिक विभाजन

  •  संघिय निर्वाचन क्षेत्र - १
  • प्रादेशिक निर्वाचन क्षेत्र - १
  •  प्रदेश - सुदूरपश्चिम
  •  अंचल - महाकाली 
  •  जिल्ला - डडेल्धुरा
  •  न.पा. - परशुराम (वडा संख्या-१२)

 

सिमाना

  • पूर्वः आलिताल गा.वि.स
  • पश्चिमः महाकाली नदी
  • उत्तरः  महाभारत डाडा
  • दक्षिणः कञ्चनपुर जिल्लाको सिमाना