FAQs Complain Problems

संक्षिप्त परिचय

संक्षिप्त परिचय

नेपाल अधिराज्यको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलको डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका मध्ये भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१-२-१३ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको  वरपरका ३ गाउँ विकास समितिहरु (जोगबुडा,शिर्ष र आलिताल) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो ।सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो ।

यस न.पा को कुल क्षेत्रफल ४१४.०७ बर्ग कि.मि रहेको छ र कूल जनसंख्या ३५५९० जनघनत्व (२०७८ को जनगणना अनुरुप) रहेको छ ।यस न.पा को केन्द्र लालढुगां जोगबुडामा रहेको छ ।

 जिल्लाको प्राशासनिक विभाजन

  • संसदीय निर्वाचन क्षेत्र - १
  • प्रदेश  - सुदुरपश्चिमाञ्चल
  •  क्षेत्र - भित्रि मधेस
  •  अंचल - महाकाली 
  •  जिल्ला - डडेल्धुरा
  •  न.पा. - परशुराम (वडा संख्या-१२)

सिमाना

  • पूर्वः    आलिताल गा.वि.स
  • पश्चिमः महाकाली नदी
  • उत्तरः  महाभारत डाडा
  • दक्षिणः कञ्चनपुर जिल्लाको सिमाना